आहा ! रारा गोल्डकपको १५ औं संस्करण माघ ४ गतेदेखि



aahararagoldcuplogoकाठमाडौं, मंसिर २०

आहा ! रारा गोल्डकपको १५ औं संस्करण आगामी माघ ४ गतेदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले  पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

प्रतियोगिता माघ ४ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघबाट प्राप्त समय तालिका अनुसार प्रतियोगिताको मिति सार्वजनिक गरिएको आयोजक क्लबले जनाएको छ ।

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा स्थापित आहा १ रारा कपको १५ औं संस्करणमा तीन विदेशी सहित १२ टिमले सहभागीता जनाउने क्लबका महासचिव केशवराज बरालले जानकारी दिए ।

प्रतियोगितामा विदेशी तीन, विभागिय तीन, आयोजक एक र पाँच वटा ए डिभिजन क्लबसहित १२ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार रुपैयाँ खर्च लाग्ने र एक करोड ७ लाख ८२ हजार आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।

बार्षिक रुपमा गरिँदै आएको प्रतियोगिताबाट बचत भएको रकमबाट क्लबले पोखरा दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ ।

एकेडेमीमा हाल १६ जिल्लाका २८ बालकले सम्पूर्ण सुविधाका साथ फुटवल प्रशिक्षण लिइरहेका छन् ।

क्लबका अध्यक्ष वीरभद्र आचार्यले प्रतियोगिता अबधिभर बन्द हड्तालका कार्यक्रम नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News