Deshko News
८ आश्विन २०८०, सोमबार

संविधान संशोधन विरोधमा भारतमा प्रदर्शन



काठमाडाैं, मंसिर १९

सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन्। भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने गरी संशोधन प्रस्ताव गरेको भन्दै राष्ट्रिय जनमोर्चा, एमाले, मालेलगायतले गरेको विरोधलाई समर्थस्वरुप संघर्षरत नेपाली जनताको समर्थनमा ऐकवद्धता जनाएको बताएका छन्।

विभिन्न राजनीतिक दलका भारमा रहेका भातृसंगठनले भारतीय हस्तक्षेपको दबाबमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाए । भारतको जन्तरमन्तरमा भेला भएका एक हजार बढी नेपालीले जुलुस निकालेका थिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News