Deshko News
१४ आश्विन २०८०, आइतबार

चेल्सी शिर्ष स्थानमा



chelsiकाठमाडौं, मंसिर २०

इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा लिभरपुल पराजित भएको छ ।

लिभरपुललाई बर्नमाउथले ४-३ ले हराएको हो । कुनै समय १-३ ले पछि परेको बर्नमाउथले उत्कृष्ट पुनरागमन गर्दै खेल ४-३ ले जितेको हो ।

खेलमा बर्नमाउथलाई विजयी गराउन क्यालुम विल्सन, रायन फ्रेजर, स्टिभ कुक र नाथन आकेले एक एक गोल गरे ।

लिभरपुलका लागि सादियो माने, डिभोक ओरिगी र एम्रे च्यानले एक एक गोल गरे का थिए ।

प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा म्यान्चेस्टर यु्नाईटेडलाई एभर्टनले १-१ गोलको बराबरीमा रोकेको छ ।

खेलमा म्यान्चेस्टर युनाईटेडका ज्लातन ईब्राहिमोभिचले पहिलो गोल गरेपनि एर्भटनका लेईटन बेन्सले पेनाल्टीमार्फत एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट ३४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

समान खेलबाट ३१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने ३०/३० अंक जोडेको लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News