वाइवाई चाउचाउको ब्राण्ड एम्बेसडर बने बलिउड अभिनेता आयुष्मान


 


काठमाडौं, भदौ १९ । सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले बलिउड अभिनेता आयुष्मान खुरानालाई भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

अभिनेता आयुष्मानले विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यावसायिक सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनको सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीसँग मित्रवत सम्बन्ध छ ।

प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्