प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेट



pm-prachanda-and-american-ambassador-teplis_mwygvvdl7dकाठमाडौं, मंसिर २०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले सरकार संविधान कार्यान्वयन गर्नका लागि गम्भीर रहेको र सहमतिको प्रयासमा लागेको जानकारी दिएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले भेटमा सबै पार्टीहरू समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा न्यायको व्यवस्थापन गरिने जानकारी दिएका छन्।

भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राखेका थिए।

राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधैँ नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपर्ने जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News