विभिन्न जिल्लामा प्रदर्शन र बन्द जारी



nepal_bandaकाठमाडौं, मंसिर २०

सरकारले ल्याएको संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ बाट तराई र पहाडी जिल्लालाई छुट्याएको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन र बन्द आह्वान गरिएको छ ।

रुपन्देही जिल्लामा आज छैटौं दिनपनि बन्द कायम रहँदा त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

बन्दका कारण यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल तथा शिक्षण संस्था ठप्प रहँदा पठनपाठन प्रभावित बनेको छ ।

उपचारका लागि बाहिरी जिल्लाबाट आएका विरामी र भारत आउजाउ गर्ने प्रवासी नेपाली समस्यामा परेका छन् ।

संशोधन प्रस्तावको विपक्षमा रहेका विद्यार्थी संठन र प्रदेश नम्बर पाँच संयुक्त संघर्ष समितिले आजपनि बिहानै देखि बुटवलका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेको बताइएको छ ।

संशोधन विधेयकले देश विखण्डन गर्ने भन्दै जारी विरोध प्रदर्शनमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु समेत सहभागी छन् ।

यसैगरी पाल्पामा विभिन्न राजनितिक दल व्यावसायी तथा उद्योगीले संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गर्ने तयारी छ । जिल्लाका अन्य क्षेत्रमा पनि विरोध प्रदर्शन सुरु भएको जनाइएको छ ।

यस्तै उद्योग वानिज्य संघले बर्दियाको सदरमुकाम गुलरिया बन्द आह्वान गरेको छ । बिहानैदेखि गुलरियाका सबै बजार, उद्योग कलकारखाना ठप्प छन् । यातायात र शिक्षण संस्था भने सुचारु रहेको उद्योग वानिज्य संघका अध्यक्षका अमर बहादुर खड्काले बताउनु भयो ।

यसैगरी संविधान संशोधनको विरोधमा गुल्मीमा पनि अनिश्चिकालिन आम हड्ताल आह्वान गरिएको छ । प्रदेश सिमाङकनको विरोधमा अर्घाखाँची, रोल्पा, प्यूठान लगायतका जिल्लामा दिनहुँ प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News