हवार्इ इन्धनकाे मूल्य घट्याे, अव जहाजकाे भाडा पनि घट्ने


 


jahaj-tiaकाठमाडाैं, मंसिर १९

नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएकाे छ। निगमले ८ रूपैयाँ प्रतिलिटर इन्धनकाे मूल्य घटाएकाे हाे ।  भारतीय अायल निगमले पठाएकाे मूल्यका अाधारमा हवार्इ इन्धनको मूल्य समायाेजन गरी प्रतिलिटर ९४ रुपैयाँबाट ८६ रुपैयाँ मूल्य तोकेको निगमले जनाएकाे छ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटेर ७५० कायम भएको छ। पेट्रोल र डिजेलको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ। मूल्य घटेसँगै जहाजकाे भाडा पनि घटाउने तयारी भइरहकाे अान्तरिक हवार्इ उडान कम्पनीहरूले जनाएका छन् ।

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्