आज पनि घट्यो सुनको मूल्य



gold logoकाठमाडौं, मंसिर २१

सुनको मूल्य मंगलबार पुनः ओर्लिएको छ। आज १ सय रुपैयाँले घटेर सुन ५३ हजार ७ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुन तोलाको ५३ हजार ८ सय थियो। यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो।

फागुन २५ गते प्रतितोला ५३ हजार रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ। त्यसपछि ५४ हजार रुपैयाँ नाघेको सुनको मूल्य २०७२ साल चैत २२ र २३ गते पुनः प्रतितोला ५३ हजार ८ सय रुपैयाँमै कारोबार भएको थियो।

महासंघका अनुसार प्रतितोला ७ सय ९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ। चाँदी हिजो तोलाको ७ सय ८५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News