हवार्इ भाडा घट्याे, अब कहाँ जाँदा कति लाग्छ ?
काठमाडाैं, मंसिर २१
आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।
सञ्चालक संघको आज बसेको बैठकले हवाइ भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ९० रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३१० रुपैयाँ कम भएको छ ।
यसैगरी, काठमाडौंबाट विहानको समयमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि ३०० पनि घटाइएको छ । निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ८ रुपैयाँ घटाएर ८६ रुपैयाँ कायम गरेको थियो ।
यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।
कति भाडा घट्याे ?
| कहाँबाट | कहाँसम्म | कति घट्याे | अब कति ? |
| काठमाडौं | पोखरा | १३५ | ४०११ |
| काठमाडौं | भैरहवा | १६५ | ५०३० |
| काठमाडौं | बिराटनगर | १८५ | ५७५९ |
| काठमाडौं | भरतपुर | १०५ | २९१९ |
| काठमाडौं | भद्रपुर | २२० | ७०३० |
| काठमाडौं | धनगढी | ३१० | १०१०२ |
| काठमाडौं | नेपालगञ्ज | २३५ | ७५७६ |
| काठमाडौं | जनकपुर | १२० | ३४०० |
| काठमाडौं | माउन्टेन फ्लाइट | १८५ | ८६४० |
| काठमाडौं | तुम्लिङटर | १६५ | ४७१९ |
| काठमाडौं | सिमरा | ९० | २५०७ |
प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार
















