मेलम्चीमा भेटिएकाे याे पहेलाे धातुकाे रहस्य खुल्याे, खानी तथा भूगर्भ विभागले निकाल्याे यस्ताे निष्कर्ष



काठमाडौँ, मंसिर २१

मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहँेलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाँच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो पहेँलो धातु भेटिएको थियो ।

मेलम्चीको मुहानस्थलमा भेटिएको सो धातु आइतबार मेलम्ची खानेपानी विकास समिति र स्थानीयवासीले परीक्षणका लागि विभागमा बुझाएका थिए । विभागको प्रयोगशालामा परीक्षण गर्दा त्यसमा सुनको मात्रा नभेटिएको विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

“मुहानस्थलमा पाइएको धातुमा सामान्य मात्रामा तामा देखियो, यतिको मात्रामा तामा अन्यत्र पनि पाइन्छ, यो सामान्य हो”, उहाँले भन्नुभयो । सुनजस्तो पहेँलो धातु भेटिएको मेलम्चीको मुहानस्थल समुद्री सतहबाट एक हजार चार सय ५५ मिटर उचाइमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News