आर्सनलद्धारा बासेल ४–१ ले पराजित



arcccccccccccccccccकाठमाण्डौ, मंसिर २२

लुकास पेरेजको ह्याट्रिकको मद्दतमा आर्सनलले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ ।

मंगलबार राति भएको खेलमा समूह एको आर्सनलले एफसी बासेललाई ४–१ ले हरायो । आर्सनलको जितमा लुकास पेरेजले ह्याट्रिक गरे भने एलेक्स इओबीले एक गोल गरे ।

बासेलका लागि सेडु डुम्बियाले एक गोल फर्काए । पेरेजले ८ र १६ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा आर्सनललाई २–० को अग्रता दिलाए ।४७ औं मिनेटमा पेरेजले ह्याट्रिक पूरा गरे ।

यस्तै ५३ औं मिनेटमा इओबीले गोल गरेपछि आर्सनलले ४–० को अग्रता लियो । ७८ औं मिनेटमा डुम्बियाले बासेलका लागि एक गोल फर्काए ।

राति नै भएको खेलमा समूह ‘ए’ को विजेताको होडमा रहेको पेरिस सेन्ट जर्मेन पिएसजी लुडोगोरेट्स राजग्राडसँग २–२ को बराबरीमा रोकियो । आर्सनल १४ अंकसहित समूह विजेता तथा पिएसजी १२ अंकसहित समूह उपविजेता बन्यो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News