सुनको भाउमा भारी गिरावट, आज पनि घट्यो  मूल्य


 


gold logoकाठमाण्डौ, मंसिर २२

हप्ताको पहिलो दिनदेखि नै ओरालो लागेको सुनको भाउ बुधबार पनि घटेको छ । सुन बुधबार चार सय रुपैयाँले घटेर तोलाको ५३ हजार ३ सय रुपैयाँमा झरेको छ ।

यसअघि गएको माघ महिनामा सुन तोलाको ५३ हजार रुपैयाँको हाराहारीमा थियो ।

डलर र शेयर बजार मजबुत भएको तथा अमेरिकामा रोजगारी पनि बढेकाले सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

डलर र शेयर बजार मजबुत हुँदा सुनमा लगानी घट्ने भएकाले भाउ घटेको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै घट्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यको अनुमान छ ।

चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्