Deshko News
१६ आश्विन २०८०, मंगलबार

वार्तामा नबस्ने शिक्षक महासंघको घोषणा



काठमाडौं, असोज २ । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने घोषणा गरेको छ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै बुधबारदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको शिक्षक महासंघले वार्तामा नबस्ने घोषणा गरेको हो ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनका लागि आन्तरिक तयारी भइरहेको बताए । देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन्।

आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।

मन्त्रालयले शिक्षा मन्त्रीको संयोजकत्वमा वार्ता गर्ने बताएको छ। तर महासंघले यसअघि पनि सरकारसँग पटकपटक वार्ता भएको तर विधेयक ल्याउँदा बेवास्ता गरिएकोले वार्ताको औचित्य नभएको जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News