Deshko News
१४ आश्विन २०८०, आइतबार

विद्यालय बन्द गरे कारबाही गर्ने मेयरको चेतावनी



रौतहट, असोज २ । रौतहटको बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्। नगर शिक्षा समितिको आज बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार नियमित रूपमा विद्यालय कक्षा सञ्चालन गराउन निर्णय गरेको छ।

पठनपाठन सम्बन्धी अनुचित कार्य भए गरेमा नियमानुसार कारबाही गर्ने मेयर प्रदीप कुमार यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल शिक्षक संघ रौतहटसहित नौ घटकले सोमवार विज्ञप्ति निकालेर ३ गते सम्पूर्ण विद्यालयमा शैक्षिक हडताल गरी शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आव्हान गरेको छ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News