विश्वकपमा ४८ देशलाई सहभागी गराउने  इन्फन्टिनोको   योजना



काठमाण्डौ, मंसिर २३

फिफा अध्यक्ष जियानी इन्फन्टिनोले विश्वकपमा ४८ देशलाई सहभागी गराएर १६ समूह बनाउने आफ्नो इच्छा रहेको बताएका छन् ।

इन्फन्टिनो गत फेब्रुअरीमा फिफा अध्यक्ष बनेका हुन् । अब उनले विश्वकपमा ४८ देशलाई सहभागी गराउने योजना अघि सारेका छन् ।

जसलाई १६ समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टिम अन्तिम ३२ को नकआउट चरणका लागि छनौट हुनेछन् ।

जबकी अहिले विश्वकपमा ३२ देशले भाग लिन्छन् र चार चार देशको ८ समूह हुन्छ,  जसका शीर्ष दुई टिम क्वार्टरफाइनल पुग्छन् ।

यसबारे आगामी जनवरीमा निर्णय हुन सक्छ । तर, २०२६ को विश्वकप अगाडि यो परिर्वतन सम्भव देखिएको छैन ।

अध्यक्ष इन्फन्टिनोको प्रस्तावबारे फिफा काउन्सिलमा जनवरी ९ मा छलफल हुनेछ । यो प्रस्ताव उनको चुनावी घोषणा पत्र अनुसार आएको हो र, उनी विश्वकपमा धेरै देशलाई सहभागी गराउन चाहन्छन् ।

यसबारे काउन्सिलका सदस्यहरुले प्रस्ताव पाएका छन् । जसमा हाल कायम ३२ टिमलाई निरन्तरता दिने, ४० टिम बनाउने लगायतका विकल्पहरु समेत रहेको समाचारहरुमा उल्लेख छ । सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News