Deshko News
६ आश्विन २०८०, शनिबार

राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दीप एपिएफमा आबद्ध



काठमाडौँ,  मंसिर २३

राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आबद्ध भएका छन् । १६ वर्षीय लामिछानेलाई क्लबमा एक वर्षका लागि करारमा नियुक्त गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले बताए ।

क्रिकेटर लामिछाने यही मङ्सिर २८ गतेदेखि श्रीलङ्कामा आयोजना हुने यु–१९ यसिया कपको तयारीमा समेत छन् । अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा करिब दुई महिना क्रिकेट खेलेर केही समय अघि मात्र लामिछाने नेपाल फर्किएका हुन् ।

छत्कुलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि टोली निर्माण भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News