विवाहकाे सिजनमा किन भयाे सुनकाे अभाव ?


 


काठमाडाैं, मंसिर २४

विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ ।

बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ । लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै गए पनि सोही अनुसारमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाइ रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

सामान्य अवस्थामा बजारमा दैनिक १५ देखि २० किलो सुनको माग रहेकोमा अहिले बढेर ३० देखि ३५ किलो पुगेको छ । बैकले दैनिक वितरण गर्ने १५ किलो सुन पर्याप्त नहुँदा बजारमा अभाव देखिएको व्यवसायीले बताए ।

सुनको मूल्य घट्दै गएकाले पनि अहिले उपभोक्ताले धेरै खरिद गर्ने गरेको व्यवसायीको अनुभव छ ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्