साताकाे अन्तिम दिन अाज पनि घट्याे सुनकाे भाउ


 


काठमाडाैं, मंसिर २४

साताकाे अन्तिम दिन शुक्रबार पनि पहेलाे धातु अर्थात सुनकाे मूल्य ४ सय रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुन ५३ हजार रूपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजाे बिहिबार ५३ हजार ४ सय रूपैयामा सुनकाे काराेबार भइरहेकाे थियाे । विवाहकाे सिजनमा सुनकाे मूल्य घट्दा ग्राहकहरूलार्इ फाइदा भए पनि सुन भने नेपाली बजारमा अभाव हुन थालेकाे छ ।

प्राय : नेेपाली बजारमा सुनकाे मूल्य घट्दा अभाव हुने गरेकाे छ । माग अनुसार अापूर्ति नहुनु, मूल्य घट्दा व्यापारीहरूले सुन लुकाउनु जस्ता कारणले सुनकाे अभाव हुने गरेकाे छ । यस्तै चाँदीकाे मूल्य ७ सय ९० रूपैयाँ प्रतिताेला काराेबार भइरहेकाे छ । याे हिजाेकाे मूल्य भन्दा १० रूपैयाँ कम हाे ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्