बान्तावा भाषाकाे कविगोष्ठीमा समिर रार्इ प्रथम



उदयपुर, मंसिर २६

विसं २००७ का प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङको स्मृति र ‘बुङ्वाखा’ मासिक पत्रिकाको बाह्रौँ वार्षिकोत्सवका अवसरमा शनिबार राई बान्तावा भाषामा आयोजित खुला प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ ।

४५ कवि सहभागी रहेको उक्त गोष्ठीमा सुनसरी धरानका यादव समिर राई प्रथम भएबापत १० हजारले पुरस्कृत भए । कार्यक्रमका संयोजक पदम राईका अनुसार द्वितीय इलामका रुपेन राई र तृतीय गङ्गामाया राई भए ।

उनिहरुलाई क्रमशः ६ हजार र ४ हजार प्रदान गरियो । विजयी कविलाई नेपाल प्रज्ञा–प्रष्ठिान, मातृभाषा विभागका प्रमुख श्रवण मुकाङले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News