माओवादी छाडेर राप्रपामा प्रवेश गर्दै रेखा थापा


 


काठमाडौं, मंसिर २७
चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेकी हुन् ।

उनलाई राप्रपा प्रवेश गराउन चर्चित लोक गायिका कोमल वलीको ठूलो देन रहेको बताइएको छ । लोकगायिका वली पनि राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणासभाको दिन राप्रपा प्रवेश गरेकी थिइन् । उनलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

चर्चित नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गर्न लागेकी हुन् । माओवादी प्रवेश गर्दा उनलाई अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्