नेपालका लागि सामान बोकेर छुट्यो चिनियाँ रेल


 


काठमाडौं, मंसिर २७
अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको अन्तिम गन्तव्य काठमाडौं हो।

नेपाली व्यवसायीले कपडा, फर्निचर, इलेक्ट्रोनिक्स सामान तथा अन्य एशेसोरिज आयात गर्न ग्वान्जाउ—कोलकाता—वीरगञ्जको रुट प्रयोग हुँदै आएको थियो। यो नेटवर्कबाट चीन र नेपालले दुई पक्षीय व्यापार वृद्धि गर्ने अपेक्षा गरिएको छ। चीनले यो रुटबाट दक्षिण एशियाली अन्य छिमेकीसँग समेत व्यापार प्रवर्द्धन गर्ने उद्देश्य राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।
तिब्बतसम्म रेलले ल्याएका सामानले ग्याइरोङदेखि ट्रकबाट थप ८ सय ७० किलोमिटर दूरी पार गरेपछि काठमाडौं आइपुग्नेछन्। चीनले हालै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको नयाँ रेल्वे तथा सडक कार्गो सेवाबाट सामान तिब्बत हुँदै काठमाडौं आउने भएका हुन्। नेपाली व्यापारीलाई ग्वान्जाउदेखि फास्टट्र्याक पानीजहाजमार्फत् सामान आयात गर्दा ४५ दिन लाग्दै आएको थियो। हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुनप्रसाद गौतम रेल र सडक मार्गको यो नयाँ रुटबाट सामान आयात गर्दा १० दिनमा सामान नेपाल आइपुग्ने बताउँछन्।

’ढुवानी खर्च कम हुँदा सामानको मूल्य नै थोरै पर्ने अवस्था छ’, गौतमले भने, ’चीनतर्फको सबै पूर्वाधार राम्रो भए पनि केरुङदेखि गल्छीसम्मको सडकको स्तर उन्नति नगर्दा हामीलाई समस्या छ।’

नेपाली व्यवसायीले कपडा, फर्निचर, इलेक्ट्रोनिक्स सामान तथा अन्य एशेसोरिज आयात गर्न ग्वान्जाउ—कोलकाता—वीरगञ्जको रुट प्रयोग हुँदै आएको थियो। यो नेटवर्कबाट चीन र नेपालले दुई पक्षीय व्यापार वृद्धि गर्ने अपेक्षा गरिएको छ। चीनले यो रुटबाट दक्षिण एशियाली अन्य छिमेकीसँग समेत व्यापार प्रवर्द्धन गर्ने उद्देश्य राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

ल्हासास्थित नेपाली महावणिज्य दूत गोविन्दबहादुर कार्कीलाई उदृत गर्दै सिन्ह्वाले लेखेको छ, ’सडक र रेलमार्गको यो नयाँ रुटले चीनसँगको दुई पक्षीय व्यापार बढाउन महत्वपूर्ण सहयोग पुग्नेछ ।’

नेपाल सामान आयात गर्नेहरुलाई सेवा प्रदान गर्दै आएको तिब्बत तिन्झाइ आयात तथा निर्यात कम्पनीका प्रबन्धक याओ यान्फेङकाअनुसार ग्वान्जाउदेखि ग्याइरोङ पुग्न पाँच—छ दिन लाग्छ। भविष्यमा यो समय अझ ३.७ दिनसम्म छोटिन सक्ने उनको भनाइ छ। ’यो नयाँ रुटबाट थोरै ढुवानी लागत तथा छिटो र सहजै सामान आपूर्ति गर्न सम्भव हुने देखिएको छ’, उनले भने ।

जाडो मौसममा तिब्बती पठारमा हिमपात हुनेगर्छ। यो जाडो मौसममा मालबाहक रेलले सातामा एक अथवा दुई पटक दुईतर्फी सेवा सञ्चालन गर्नेछन्। भविष्यमा यो हप्ताको पाँच पटकसम्म पुग्ने यान्फेङको भनाइ छ ।

गत मे महिनामा चीनले लन्जाउ काठमाडौं रेल तथा कार्गो सेवा सञ्चालनमा ल्याएको थियो। नयाँ सेवाले नेपालीहरुको मुख्य व्यापार केन्द्र ग्वान्जाउलाई सिधै काठमाडौंसँग जोड्ने काम गरेको छ। यो ओद्योगिक सहरबाट नेपाल र दक्षिण एशियाका अन्य देशहरुले सामान आयात गर्ने गर्छन् ।

चीनले नेपालसँगको व्यापार रुट अझ छोटो पार्न सिगाजे—ग्याइरोङ रेल्वेलाई निर्माण गरिरहेको छ । आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्