नेपालतर्फको रेल्वे ढुवानीमा रक्सौलमाअवरोध


 


काठमाडौं,मंसिर २७
आइतबार बिहानदेखि रक्सोलका स्थानीयले भारतीय कस्टम नजिकै धर्ना दिँदै भारतीय रेल्वेमार्फत नेपालका लागि आउने माल सामानको ढुवानी ठप्प पारेका छन्। वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच रहेको प्रदुषण सम्बन्धी बिवादको चपेटामा नेपाली आयात परेपछि आयातकर्ता चिन्तित बनेका छन्।

नेपालको वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगले कच्चा पदार्थ भित्र्याउने प्रमुख नाकामा स्थानीयले रेल्वे यार्डबाट उत्पन्न प्रदुषण रोक्न यसअघि पनि आवाज उठाउँदै आएकामा यसपाली ढुवानी रोकेका हुन्।

‘अरु कुनै माग होइन् हाम्रो, एक सुत्रीय एजेण्डा छ, अनवरत प्रदुषणबाट मुक्ति चाहेका छौं,’ रेल्वे स्टेशनको मालयार्डको प्रदुषणबिरुद्ध खडा गरिएको ‘स्वच्छ रक्सौल’ भन्ने अभियानका संयोजक रन्जित सिंहले भने, ‘हामी नेपालको उद्योग धन्दा बन्द गर्न चाहेका होइनौं, हाम्रो सरकारलाई ध्यानाकर्षण गराउनका लागि ढुवानी ठप्प पार्ने कदम चाल्नु परेको हो।’
वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बारा–पर्साका सिमेण्टलगायत उद्योगको कच्चा पदार्थ आपूर्ति ठप्प भएको बताए ।

संघमार्फत वाणिज्य मन्त्रालयलगायत निकायलाई ध्यनाकर्षण गराइए पनि यसको सामाधान नभएको भन्दै उद्योगीले गुनासो गरेका छन्। रक्सोल रेल्वे स्टेसनको माल यार्डमा मुख्यतया नेपाली सिमेन्ट उद्योगले आयात गर्ने क्लिङ्कर, आइरनओर (फलामको धुलो), जिप्सम, स्लेग, कोइलालगायतका धुलो उड्ने कार्गो लोडअनलोड हुँदै आएको छ।

आयातकर्ताले पनि सेवाप्रदायक भारतीय रेल्वेलाई धुलो र हिलोले समस्या भएको भन्दै ध्यानाकर्षण गराउनेदेखि अन्य सरोकारवाला निकायलाई झकझक्याउँदै आएका छन्। आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्