इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा


 


काठमाडौं, असाेज २७
विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ ।

जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो ।

सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइपुर्‍याएको हो ।

बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे ।

सधैजसो सरकारलाई गाली गरेका पोस्टबाट भरिने सामाजिक सञ्जाल बिहीबारदेखि नै प्रशंसाका पोस्टले भरिन थालेका थिए । परराष्ट्रमन्त्री एनपी साउद विमानमा नमस्कार गर्दै आइरहेको तस्बिर सबैभन्दा बढी सेयर भयो ।

शुक्रबार बिहान विमानस्थलमा हर्ष र खुसीका आँसु निरन्तर बगिरहेका थिए । प्यालेस्टाइनको हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन बिहीबार नेपाल एयरलाइन्सको जहाज पठाएको थियो । राजधानी दैनिकबाट

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्