चेल्सी पुनः अंक तालिकाको शिर्ष स्थानमा


 


काठमाडौं, मंसिर २७

वेष्ट ब्रोमलाई हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा फर्किएको छ ।

आइतबार राती भएको खेलमा वेष्ट ब्रोमलाई १-० ले हराँउदै चेल्सी पुनः अंक तालिकाको शिर्ष स्थानमा फर्कीएको हो ।

वेष्ट ब्रोमविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टाले निर्णायक गोल गरे ।

प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले टोटनह्याम हट्सपरलाई १-० ले हराएको छ ।

खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन हेन्रिक मख्तरीयानले निर्णायक गोल गरे ।

इङ्गलिस प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपुल र वेष्ट ह्याम युनाईटेडले २-२ गोलको बराबरी खेल्दा साउथह्याम्पटनले मिडिल्सब्रोलाई १-० ले हराएको छ ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १५ खेलबाट ३७ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

समान खेलबाट ३४ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ३१ अंक छ ।

३० अंक जोडेको म्यान्चेस्टर सिटी चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्