चिनिया रेलको खबरले हट्यो रक्सौलको ढुवानी अवरोध


 


काठमाडौं, मंसिर २८
रक्सौलका स्थानीयले दिएको धर्ना हटेको छ। धर्ना हटेसँगै अवरुद्ध रहेको ढुवानी पुनः सूचारु भएको छ। रक्सौल स्टेशनको मालगोदाममा नेपालका लागि आउने क्लिंकरलगायत बस्तुको धुलोले हुने प्रदुषणबाट असह्य भएपछि स्थानीयबासीले ढुवानी रोक्न भन्दै धर्ना दिएका थिए।

ुरक्सौलमा भएको अवरोध हटेको छ, गाडीहरु आइरहेका छन्,ु वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवान्तक पोखरेलले भने। धर्नाका कारण भारतीय रेल्वेमार्फत नेपालका लागि आउने मालसामानको रेलयार्डबाट ढुवानी रोकिएको थियो। धर्नाकारीले भारतीय कस्टम नजिकै टेन्ट गाडेर धर्ना दिएपछि डेढ सय बढी गाडीमा भित्रिने औद्योगिक कच्चा पदार्थको ढुवानी पूर्णरुपमा बन्द भएको थियो।

आज धर्ना हटेर ढुवानी सूचारु भएको खबर आएसँगै राहत भएको छ,ु वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले भने। रक्सौल क्षेत्रका प्रसाशकीय अधिकारी ९एसडिएम० श्रीप्रकाशले धर्नाकारी स्थानीयसँग वर्ता गरेको धर्ना फिर्ता गराएको केडियाले बताए। श्रीप्रकाशले स्थानीयहरुको मुद्दालाई सरकारी संयन्त्रमार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता गरी अवरोध हटाउन लगाएका थिए। आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्