रोनाल्डोले जिते बालोन डि’ओरको उपाधि



काठमाडाैं, मंसिर २८

विश्व फुटवलका दुई चर्चित खेलाडीहरु मध्ये बार्सिलोनाका स्ट्राइकर नियोनल मेसीलाई पछि पादै बालोन डि ओर अवार्ड रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका छन्।

फ्रान्सको फुटवल म्यागजिनले प्रदान गर्ने सो अवार्डलाई विश्व फुटवलमा प्रतिष्ठित मानिन्छ। प्रत्येक वर्ष प्रदान गरिँदै आएको सो अवार्डका लागि ३० जना चर्चित फुटबलरलाई मनोनयन गरिएको थियो ।

अन्तिम प्रतिस्पर्धामा पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले यो अवार्ड हात पारे भने उनका प्रतिद्वन्द्वी मिलोनल मेसीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो। त्यस्तै तेस्रो स्थानमा फ्रान्सका फुटबलर एन्टोनी ग्रिजम्यान रहेका थिए।

रोनाल्डोले यो उपाधि हात पारेको पहिलो पटक भने होइन। यसअघि नै उनले २००८, २०१३, र २०१४ मा यो उपाधि जितिसकेका छन्। त्यस्तै मेसीले भने यो उपाधि पाँचौं पटक जितिसकेका छन्। उनले २००९ देखि लगातार जितेका हुन्।

उपाधि जितेपछि रोनाल्डोले भने, ‘म निकै खुसी छु, चौथो पटक पनि यो जित्छु भनेर सोचेको थिइँन।’ गत वर्ष उनले पोर्चुगललाई युरो कप दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News