लोडसेडिङ मुक्त बनाउने अभियानमा सरकार लागि परेको छ – उर्जामन्त्री


 


मोरङ,मंसिर २८

उर्जामन्त्री जनार्दन शर्माले देशलाई अँध्यारो मुक्त बनाउने अभियानमा बाधा पुर्याउने जोसुकैलाई कारवाही गरिने बताएका छन ।

प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले देश लोडसेडिङ मुक्त बनाउने अभियानमा सरकार लागि परेको बताए ।

यसमा बाधा सिर्जना गर्न केही व्यक्ति सक्रिय भएर लागेको शर्माले आरोप लगाए  । पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगरमा गएका मन्त्री शर्माले थप विद्युत उत्पादन गर्ने योजना अनुरुप सरकारले काम अगाडि बढाई रहेको स्पष्ट पारेका छन ।

नेपाललाई अझै थप १० हजार मेगावट विद्युत आवाश्यक रहेको मन्त्री शर्माको भनाई छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्