भारतमा सवारी दुर्घटनामा एकै परिवारका पाँच जना नेपालीको मृत्यु


 


काठमाडौं, कार्तिक १७ । भारतमा सवारी दुर्घटनामा परी एक परिवारका चार जना नेपालीको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन र रतनकी भाई बुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए।

अध्यक्ष विश्वकर्माले शुक्रबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको जानकारी आफूले पाएको बताए ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्