इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा


 


काठमाडौं, मंसिर २९

प्रिमियर लिग अन्तर्गत भएको खेलमा दुई टिमका खेलाडीबिच तनाव भएको थियो । त्यसै कारण इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परेका छन् ।

चेल्सीले एक लाख पाउण्ड तथा म्यानचेस्टर सिटीले ३५ हजार पाउण्ड जरिवाना तिर्नुपर्ने भएको छ ।

चेल्सीलाई यसअघि कारवाही स्वारुप एक अंक घटाउने चेतावनी दिइएको थियो ।
डिसेम्बर ३ मा भएको खेलमा चेल्सी ३–१ ले विजयी भएको थियो ।
सिटीका सर्जियो अग्युरो र फर्नान्डिन्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्