आज पनि घट्यो सुनको भाउ


 


काठमाडौं, मंसिर २९

आज पनि सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर प्रतितोला ५२ हजार ६ सय भएको छ ।
प्रतितोला १ सय रुपैयाँले घटेर सुन ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्