कति छ प्रचण्डको सम्पत्ति ?



काठमाडौ‌, मंसिर २९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको सम्पति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरेका छन् ।

यसबाहेक कुनै सम्पत्ति नभएको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको परिवारको नाममा रहेको एक कट्ठा जमीन र तीन तोला सम्पत्ति पनि स्वआर्जन नभएर पैतृक रहेको उक्त विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक गरेको छ । उक्त विवरणले प्रधानमन्त्री दाहाललाई सबै भन्दा गरिब देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News