गृहमन्त्री निधिसँग अथाह सम्पत्ति, सरकारकै सबैभन्दा धनी मन्त्री


 


काठमाडौं, मंसिर३०

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिका नाममा सुन ६० तोला र चाँदी १ सय ५० तोला रहेको उल्लेख छ । सुन र चाँदी दाइजो, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख छ । नगदका रुपमा भने निधि सँग १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ भएको उल्लेख छ । उनको नगदको स्रोत भने पारिश्रमिक, भत्ता, भ्रमण भत्ता, कृषि आय प्रस्तुत गरिएको छ ।

यस्तै निधिले भक्तपुरको कटुन्जेमा १२ लाख ५० हजारमा १ रोपनी, कटुन्जेमा नै १३ लाख ५० हजारमा ६ आना जमिन तथा सोही स्थानमा नै थप ३ आना जमिन किनेको विवरणमा उल्लेख गरेका छन् । निधिको पत्नीको नाममा हिमालय बैंकको दुई छुट्टाछुट्टै खातामा २८ लाख ३७ हजार ५ सय ९३ रुपैयाँ रहेको छ भने विभिन्न बैंक तथा संस्थामा गरी २ हजार १ सय ६० कित्ता सेयरसमेत रहेको उल्लेख गरिएको छ ।

यस्तै उनको विवरणमा तराईमा १९ बिघाहा जग्गा रहेको तथा बैंकमा जम्मा भएको २९ लाख र ऋण उठाउन बाँकी १३ लाख रहेको उल्लेख छ । सवारीका नाममा निधिको २०५४ सालमा ७ लाखमा किनेको निसान भ्यान रहेको विवरणमा उल्लेख छ । उनले २०७३ असोज ६ गते आफ्नो विवरण पेश गरेका हुन् । आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्