यु–१९ एसिया कपको पहिलो खेलमा नेपालले आज श्रीलंकासँग खेल्ने


 


काठमाडौं, मंसिर ३०

एसीसी अन्डर नाइन्टिन प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्दैछ । टेष्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका विरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ ।

तर उमेर समुहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले कठिन चुनौती दिने विश्वाश गरिएको छ । पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् ।

नेपालले समुह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग खेल्नेछ । यसैगरी समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्