टिकटक आज १ बजेदेखि पूर्णरुपमा बन्द गरिने, इस्पाइनले गर्यो यस्तो निर्णय


 


काठमाडौं, कार्तिक २८ । इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि पूर्णरुपमा टिकटक बन्द गर्ने भएका छन्

सरकारले सोमबार निर्णय गरेर नेपालभित्र टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेपछि इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि टिकटक बन्द गर्ने भएका हुन् ।

सरकारको उक्त निर्णपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुलाई टिकटकमा पहुँच बन्द गर्न निर्देशन दिएको थियो ।

यसैबीच सेवा प्रदायकहरुले सरकारी निर्देशनअनुसार आज १ बजेपछि पूर्णरुपमा टिकटक बन्द गर्ने जानकारी दिएका छन् ।

यस बारेमा आजै बसेको इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इस्पानको बैठकले सामूहिकरुपमा नै १ बजेदेखि क्रमशः टिकटकमा रोक लाग्ने निर्णय गरेका छन् ।

स्मरण रहोस् नेपाल टेलिकमले सोमबार बेलुकादेखि नै टिकटकमा पहुँच गर्न रोक लगाएको छ।

आइस्पानका सीईओ सुभाष खड्काले सरकारको निर्देशन पालना गर्न सबै सेवा प्रदायकहरुले प्राविधिक काम गर्न सुरु गरिसकेको र बेलुकासम्म निर्देशन पूर्ण कार्यान्वयन हुने बताए ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्