१० बर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य


 


काठमाडौं, मंसिर ३०

सरकारले आगामि १० बर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वकाक्षी लक्ष्य राखेको  छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामि १० बर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वकाक्षी लक्ष्य रहेको बताएका छन ।

राजधानीमा आजदेखि सुरु भएको अन्तराष्टिय उर्जा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त लक्ष्य पुरा गर्न सोहि अनुसारको राजनीतिक र कानूनी वातावरण बनाउन सरकार लागि परेको बताए ।

दाहालले  उर्जा संकट निवारण गर्ने जलबिद्युत क्षेत्रको लगानिलाई प्राथमिकतामा राखेको भन्दै सुरक्षित लगानीको वातावरण बनाउने र त्यसलाई सरकारले सुनिश्चित गर्ने  बताए ।

सरकारका तर्फबाट ८ हजार मेगावाट, निजी क्षेत्रले ८ हजार र वैदेशिक लगानीबाट ४ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्रधानमन्त्री दाहालको भनाई छ ।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा उत्पादित विजुलीको राम्रो बजार छिमेकी भारत रहेको भन्दै ढुक्क भएर लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आव्हान गरेका छन ।

यसैगरी ,निजी क्षेत्रका विद्युत उत्पादकहरुको छाता संगठन स्वतन्त्र उर्जा उत्पादक संघ (इप्यान)ले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

इप्यानका अध्यक्ष खड्क विष्टले स्पष्ट नीति ल्याएर सुरक्षित लगानीको वातावरण बनाए उत्पादन बढाउन सकिने बताए । भोली सम्म चल्लने सम्मेलनमा उर्जा सुरक्षाको अवधारणा, विद्युत माग एवं आपूर्तिको विश्लेषण जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

ऊर्जा मन्त्रालय र ऊर्जा उत्पादकहरुको संस्था इपानको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल सहित भारत, चीन, कोरिया, जापान, नर्वे, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशका लगानीकर्ता तथा विज्ञ सहित ५ हजार भन्दा वढीको सहभागिता छ ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्