अचानक हवार्इ भाडा बढ्याे, कहाँ जाँदा कति भाडा ? (सूचिसहित)



काठमाडाैं, मंसिर ३०

पर्यटन मन्त्रालयले २४ प्रतिशतसम्म भाडा बढाउनको लागि अनुमति दिएसँगै वायुसेवा सञ्चालक संघले पुस ४ गतेदेखि लागु हुनेगरी हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरुको बिहीबार बसेको बैठकले सबैभन्दा थोरै काठमाडौं सिमरा रुटमा ५ सय ४० रुपैयाँ बढाएको छ ।

पर्यटन मन्त्रालयले २४ प्रतिशतसम्म भाडा बढाउनको लागि अनुमति दिएको थियो। सरकारले दुर्गम रुटमा भने पुरानै भाडा कायम राख्ने निर्णय गरेको प्राधिकरणले जनाएकाे छ ।

कहाँकाे भाडा अब कति ?

कहाँबाट कहाँसम्म पहिलेकाे भाडा बढेकाे भाडा
काठमाडौं पोखरा ३८१० ४५००
काठमाडौं भैरहवा ४८३० ५८००
काठमाडौं बिराटनगर ५५५५ ७०००
काठमाडौं भरतपुर २७२० ३३००
काठमाडौं भद्रपुर ६८३० ८५००
काठमाडौं धनगढी ९९९० १२०००
काठमाडौं नेपालगञ्ज ७३७५ ९३००
काठमाडौं जनकपुर ३२०० ३८००
काठमाडौं माउन्टेन फ्लाइट ८३२५ १०८००
काठमाडौं तुम्लिङटर ४५१५ ५५००
काठमाडौं सिमरा २३०५ २८४५

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News