एसीसी यु–१९ क्रिकेट एसिया कपमा आज नेपालले भारतसँग खेल्ने


 


काठमाडौं, पुस १

श्रीलंकाको कोलम्बोमा जारी एसीसी अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा नेपालले आज भारतको सामना गर्दै छ ।

टेस्ट मान्यता प्राप्त राष्ट भारतसँगको खेल नेपाललका लागि चुनौतिपूर्ण रहेको छ । तर भारत सामू उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले बताएका छन् ।

यस अघि हिजो भएको खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको छ । जितको नजिक पुगेको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो खेलमा पराजित भएको हो ।

नेपालले समुह चरणमा भारतसँगै मलेसियासँग पनि प्रतिस्पर्धा गर्ने छ । नेपालले आगामी आइतबार अव मलेसियाको सामना गर्ने छ ।

अर्को समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिता आगामी पुस ८ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्