साउदी पुगेका नेपाली श्रमिकको हारगुहार


 


काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।

राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु९याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् ।

पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ ।

त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै पनि सो कम्पनीले नेपालबाट कामदार लगिरहेका छन् र केहीलाई राम्रो काम दिएका पनि छन् । ‘तर, हामीलाई भने बेवास्ताा गरिएको छ, घर जान्छु भन्दा कम्पनीले १० हजार साउदी रियाल तिरे मात्र फर्कन दिने भन्ने गरेको छ,’ उनले भने । राजधानी दैनिकबाट

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्