सरिता दवाडी सचिवमा बढुवा, शिक्षा मन्त्रालयमा जिम्मेवारी


 


काठमाडौं, मंसिर १३ । सरकारले नेपाल सरकारका सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यससंगै दवाडीलाई शिक्षा सचिव बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दवाडी यसअघि उर्जा मन्त्रालयमा कार्यरत थिइन् ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्