आइएनजीओहरुको मनपरी



काठमाडौं, पुस २
भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् ।

८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन् । धेरैले प्राधिकरणलाई प्रगति विवरण बुझाएका छैनन् । बुझाउनेको पनि विवरण विवादास्पद छ ।

समाजकल्याण परिषदबाट स्वीकृति नलिई भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका आइएनजीओहरुमा टेरदेस होम्सेस, अक्स्फाम, हेल्पएज इन्टरनेशनल नेपाल, वी वल्र्ड, सिड्स भारत, दानचर्च एड साउथ एशिया र चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसन छन् ।

यी आइएनजीओहरुले भूकम्प प्रभावित जिल्लामा १ करोडदेखि २ अर्बसम्मको काम गरिरहेका छन् । आजको नयाँपत्रिका दैनिकमा योगेश ढकालको रिपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News