शिवम् सिमेन्ट्सद्वारा लक्ष्मी आधारभुत विद्यालयलाई बस र विश्वप्रकाश माविका विद्यार्थीहरुलाई व्याग वितरण


 


काठमाडौं, मंसिर १७ । देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर महागनरपालिका–१५, मंगलपुस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ ।

शिवम् सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल व्यागहरु वितरण गरेको हो ।

उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आइरहेको छ ।

‘विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण, शैक्षिक छात्रबृत्तीहरु स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आइरहेका थियौं यसै सिलसिलामा यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठन गर्न थप हौसला मिलोस् भन्ने अभिप्रायले स्कुलव्यागहरु वितरण गरेका छौं’ कम्पनी प्रतिनिधी बताउँछन् ।

शिवम् सिमेन्ट्सले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्तीको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइसोलेशन बेड निर्माणको लागि आर्थिक सहयोग, डाईलेशिस मेसिन, अक्सीजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्यूव बोरिङ, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आइरहकेको छ ।

‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ भन्ने नाराका साथ गुणस्तरीय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी–२०१९ बाट पुरस्कृत हुन सफल भएको छ ।

ओपिटी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्