विकास निराशाजनक


 


काठमाडौँ, पुस २
चालू आर्थिक वर्षको पाँच महिनाको अवधि अर्थात् मंसिर मसान्तसम्ममा विकास खर्च कुल लक्ष्यको जम्मा ७ दशमलव ३३ प्रतिशतमा सीमित रहेको छ ।राज्यको अस्पष्ट नीति, खर्च गर्ने कमजोर क्षमता, कर्मचारी संयन्त्रको लापरबाही, राजनीतिक अस्थिरतालगायत कारण लक्ष्यको तुलनामा अत्यन्तै न्यून मात्रै विकास खर्च भएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा चालूतर्फ २७ दशमलव ५० प्रतिशत अर्थात् १ खर्ब ६९ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै, यस अवधिमा विकास बजेटको हिस्सा जम्मा ७ दशमलव ३३ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड रुपैयाँ छ ।यस्तै, वित्तीय व्यवस्थापनतर्फ यस क्षेत्रका लागि कुल विनियोजित बजेटको १२ दशमलव ५ प्रतिशत अर्थात् १४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ । यो खर्च कुल बजेटको १९ दशमलव ७४ प्रतिशत अर्थात् २ खर्ब ७ अर्ब रुपैयाँ खर्च भएको छ ।

बजेटरी खर्चको अवस्था कमजोर रहे पनि राजस्व संकलनमा भने सरकारी लक्ष्यनजिक पुगेको छ । महालेखाको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्ममा कुल राजस्वको लक्ष्यको ३६ दशमलव ८८ प्रतिशत अर्थात् २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम अघिल्ला वर्षहरूको भन्दा पनि कम हो , आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: २ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्