इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ जना बेपत्ता


 


जाकर्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ ।

अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले त्यहाँ रहेका २६ व्यक्तिमधये तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारिएको बताए ।

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्