अमेरिकाले गर्यो इजरायलको आलोचना, लगायो यस्तो आरोप


 


काठमाडौँ, मंसिर २२ । आम नागरिकको सुरक्षाका सम्बन्धमा आफ्नो प्रतिबद्धता पालना नभएको भन्दै अमेरिकाले इजरायलको आलोचना गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टनमा पत्रकार सम्मेलनका क्रममा इजरायलको आलोचना गरेको हो । उनले सुरक्षित क्षेत्रका बारेमा आम नागरिकलाई प्रस्ट रुपमा सूचित गरिनुपर्ने उनले बताए ।

उनले गाजामा रहेका सर्वसाधारणलाई खाद्यान्न, औषधिजस्ता आवश्यक वस्तुको आपूर्ति निर्वाध हुनुपर्नेमा जोड दिए ।

यसैबिच ह्वाइट हाउसले पनि विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनवार्ता गर्दै आम नागरिकको सुरक्षामा जोड दिएको जनाएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासका अनुसार विगत दुई महिना यता भएको इजरायली सैन्य कारबाहीमा १७ हजारभन्दा बढी नागरिकको मृत्यु छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्