अमेरिकाले भिटो प्रयोग गर्दा गाजामा युद्धविराम गर्ने प्रस्ताव विफल


 


काठमाडाैं। संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेपछि गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव विफल भएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा संयुक्त अरब इमिरेट्स ९युएई०ले गाजामा तत्काल युद्धविराम गरी मानवीय सहायता पुर्‍याउने प्रस्ताव गरेको थियो।

तर उक्त प्रस्तावमा मतदान हुँदा सुरक्षा परिषदमा रहेका १५ मध्ये १३ देशले समर्थन गरेका थिए । बेलायत भने मतदानमा सहभागी भएन।

समर्थक मुलुकको संख्या बढी भएपनि अमेरिकाले उक्त प्रस्तावविरूद्ध भिटो प्रयोग गरेपछि गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव विफल भएको बिबिसीले जनाएको छ।

सुरक्षा परिषदमा रहेका अमेरिकासँगै चीन, रूस, फ्रान्स र बेलायत भिटोप्राप्त मुलुक हुन् । यीमध्ये कुनैपनि राष्ट्रले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ ।

अमेरिकाले युएईको प्रस्ताव असन्तुलित भएको भन्दै भिटो प्रयोग गरेको हो । उसले इसराइलमा अक्टोबर १२ मा भएको आक्रमणको निन्दा नगरी युद्धविरामको मात्रै कुरा गरिएकोले उक्त प्रस्तावमा आफ्नो समर्थन नरहने जनाएको छ ।

साथै उसले यसबारे सुरक्षा परिषदमा छलफल नै नगरी प्रस्ताव ल्याइएको आरोप लगाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्