सुनको मूल्य बढ्यो


 


काठमाडौं, पुस ३

साताको पहिलो दिन सुनको भाउ बढेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला ५१ हजार सात सय मूल्य कायम भएको सुनको मुल्य  प्रतितोला २ सयले बढेर आज ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्यमा भने कुनै घटबढ नभएको बताईएको छ । आज पनि चाँदी प्रतितोला ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्