डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो


 


काठमाडौ, पुस ३

नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ ।

डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । र, दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको हो । ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको छ ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्