लोडसेडिङ हटाउन अवरोध गर्ने यी तीनजना सञ्चालक बर्खास्तमा परे



काठमाडौं , पुस ४

सरकारले लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई  बर्खास्त गरेको छ ।

उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाएको हो ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला उनीहरुले अवरोध गरेको मन्त्रालयको भनाई छ ।

मन्त्रालयले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै बर्खास्त गरिएको हो ।

तीन सञ्चालक नियुक्त

यसैबिच सरकारले भक्तवहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई सञ्चालक नियुक्त गरेको छ । उनीहरुलाई आइतबार चार वर्षका लागि नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News