‘क्रिसमस ट्रि’ मा एक मिटर लामो सर्प……


 


एजेन्सी ।
अस्ट्रेलियामा क्रिसमसका लागि ल्याइएको ‘क्रिसमस ट्री’ मा सान्टा क्लजको स्थानमा विषालु सर्प भेटिएको छ ।

अस्ट्रेलियाको मेलबर्नमा एक महिलाले क्रिसमसको लागि ल्याइएको क्रिसमस ट्रिमा एक मिटर लामो विषालु सर्प भेटेकी हुन् ।
सर्प देखेपछि ती महिलाले सर्प समात्ने व्यक्तिलाई खबर गरेकी थिइन् ।
सर्प समात्ने ब्यारी गोल्डस्मिथले सो सर्प खुल्ला ढोकाबाट भित्र छिरेर क्रिसमश ट्रिको सजावटमा लुकेर बसेको बताएका छन् ।

‘टाइगर स्नेक’ प्रजातिको यो सर्प अस्ट्रेलियाको तटवर्ती क्षेत्रमा पाइने अत्यन्त विषालु सर्प हो ।

ब्यारी गोल्डस्मिथले महिलाले बेलैमा खबर गरेकाले छिट्टै समात्न सफल भएको बताएका छन् ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्