बढी तलब सुविधाको लोभमा धोका दिँदै पाइलट


 


काठमाडौं, पुस ५
प्राविधिक तालिममा करोडौं खर्च गरि काममा लागइएका वरिष्ठ पाइलटले नियम लत्याउदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनीमा जान थालेका छन् ।

पछिल्ला केही महिनामा विभिन्न वायुसेवा निगमबाट करिब आधा दर्जन वरिष्ठ पाइलट उड्ययन नियमविपरीत अग्रिम जानकारीबिनै जागिर छाडेर गएपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्वद्ध वायुसेवाले नियामक निकाय गुहार गरिरहेको छ ।

सेवासुविधा बढी पाएको भन्दै यती, सिम्रिक, सौर्य एयरलाइन्स र नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट अरु कम्पनीमा गएका हुन् ।

यसले एयरलाइन्सबीच बैनश्यता समेत बढेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्